शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन « Khabarhub

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले शहीद दिवसको अवसरमा शहीदका बलिदानलाई सम्मान गर्दै सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणमा प्रतिबद्ध हुन आह्वान गरेका छन्।

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको उल्लेख गर्दै बालेनले त्यसपछि पनि राज्य जनताको हुन नसकेको टिप्पणी गरेका छन्। उनका अनुसार ८५ वर्षको अवधिमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिँदा नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको छ।

‘पटक–पटक नेपाली जनता शहीद भए, तर शहीदका सपना पूरा हुन सकेनन्,’ बालेनले लेखेका छन्। उनले भदौमा भएको ‘जेन-जी’ आन्दोलनको सन्दर्भ उठाउँदै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले यसपालि पनि ज्यान गुमाउनुपरेको स्मरण गरेका छन्।

बालेनले लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु आजको प्रमुख दायित्व भएको बताएका छन्। साथै, राज्यका निकायहरूमा भएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य भएको उनको भनाइ छ।

‘यी शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,’ उनले लेखेका छन्। शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएको उल्लेख गर्दै उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणमा मन, वचन र कर्मले प्रतिबद्ध हुन आग्रह गरेका छन्।

सन्देशको अन्त्यमा बालेनले ‘फेरि कसैले शहीद बन्नु नपरोस्’ भन्ने कामना व्यक्त गर्दै सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली र सम्मान अर्पण गरेका छन्।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ७ : ५१ बजे

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा