उपेन्द्रलाई हराउँदै मधेसबाट सीके राउतको उदय | Khabarhub Khabarhub

उपेन्द्रलाई हराउँदै मधेसबाट सीके राउतको उदय

उपेन्द्र यादव र महन्थ ठाकुरको राजनीतिमा ग्रहण !


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मधेसमा नयाँ शक्तिका रुपमा चन्द्र कान्त अर्थात सीके राउतको उदय भएको छ । जनमत पार्टी खोलेर राजनीतिमा होमिएका सीके राउतले यसपटक मधेसमा नयाँ तरंग ल्याएका छन् । उनले आफ्नो पार्टी मात्रै होइन, मधेस भजाएर राजनीति गर्नेको ‘पसल’ बन्द गराइदिने अवस्था सिर्जना गरेका छन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा चुनाव लडेका सीके राउतले ३५ हजार मतसहित जित हासिल गरेका छन । झण्डै दशक लामो वैचारिक र सडक संघर्षबाट उठेका सीके राउतले यसपटक मधेसको प्रतिनिधि गर्दै चुनाव जितेर संसद्मा नयाँ अनुहारका रुपमा भित्रिने भएका छन् ।

सप्तरी महदेवा घर भएका सीके राउतले बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पढेका छन् । सोही विश्वविद्यालयबाट पीएचडी गरेका राउतले नेपालमा आएर सुरुमा स्वतन्त्र मधेसको नारा लगाएका थिए । तर त्यसैबाट चर्चित भएका उनले अहिले पार्टी खोलेर राजनीति गर्ने ठाउँ बनेको हो ।

अभियान चलाउँदा पटक पटक पक्राउ परेर चर्चामा आएका उनी अहिले जनमत पार्टी खोलेर मधेसको प्रतिनिधित्व गर्दै संसदमा गर्जने नेताका रुपमा स्थापित हुँदैछन् । सीके राउतले २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आएपछि झन् राजनीतिक उचाई लिएका थिए । जसलाई मधेसका जनताले यसपटकको चुनावबाट अनुमोदन गरेका छन् ।

सीके राउतको उदयले दुई दशक राजनीति गरेका मधेसका ठूला भनिएका जसपा, लोसपा यतिबेला खुम्चिएका छन् । मधेसमा सीके राउतको उदयले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायत वर्षौ वर्ष मधेसकै राजनीति गरेका नेताहरु भने अब पाखा लाग्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्ः

१८ हजार मतान्तरले सीके राउत विजयी

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम