उपेन्द्रलाई हराउँदै मधेसबाट सीके राउतको उदय « Khabarhub

उपेन्द्रलाई हराउँदै मधेसबाट सीके राउतको उदय

उपेन्द्र यादव र महन्थ ठाकुरको राजनीतिमा ग्रहण !


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मधेसमा नयाँ शक्तिका रुपमा चन्द्र कान्त अर्थात सीके राउतको उदय भएको छ । जनमत पार्टी खोलेर राजनीतिमा होमिएका सीके राउतले यसपटक मधेसमा नयाँ तरंग ल्याएका छन् । उनले आफ्नो पार्टी मात्रै होइन, मधेस भजाएर राजनीति गर्नेको ‘पसल’ बन्द गराइदिने अवस्था सिर्जना गरेका छन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा चुनाव लडेका सीके राउतले ३५ हजार मतसहित जित हासिल गरेका छन । झण्डै दशक लामो वैचारिक र सडक संघर्षबाट उठेका सीके राउतले यसपटक मधेसको प्रतिनिधि गर्दै चुनाव जितेर संसद्मा नयाँ अनुहारका रुपमा भित्रिने भएका छन् ।

सप्तरी महदेवा घर भएका सीके राउतले बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पढेका छन् । सोही विश्वविद्यालयबाट पीएचडी गरेका राउतले नेपालमा आएर सुरुमा स्वतन्त्र मधेसको नारा लगाएका थिए । तर त्यसैबाट चर्चित भएका उनले अहिले पार्टी खोलेर राजनीति गर्ने ठाउँ बनेको हो ।

अभियान चलाउँदा पटक पटक पक्राउ परेर चर्चामा आएका उनी अहिले जनमत पार्टी खोलेर मधेसको प्रतिनिधित्व गर्दै संसदमा गर्जने नेताका रुपमा स्थापित हुँदैछन् । सीके राउतले २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आएपछि झन् राजनीतिक उचाई लिएका थिए । जसलाई मधेसका जनताले यसपटकको चुनावबाट अनुमोदन गरेका छन् ।

सीके राउतको उदयले दुई दशक राजनीति गरेका मधेसका ठूला भनिएका जसपा, लोसपा यतिबेला खुम्चिएका छन् । मधेसमा सीके राउतको उदयले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायत वर्षौ वर्ष मधेसकै राजनीति गरेका नेताहरु भने अब पाखा लाग्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्ः

१८ हजार मतान्तरले सीके राउत विजयी

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १९ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता