दुई पटक हारेकै क्षेत्रबाट निर्वाचित विश्वप्रकाश शर्माको यस्तो छ राजनीतिक यात्रा | Khabarhub Khabarhub

दुई पटक हारेकै क्षेत्रबाट निर्वाचित विश्वप्रकाश शर्माको यस्तो छ राजनीतिक यात्रा


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विसं २०७० बाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल भएका छन् ।

दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका शर्माले यस पटक भने नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा एमालेका नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।

दुई पटक पराजय व्यहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गरेका हुन् । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ ।

शर्माको राजनीतिक यात्रा

विश्वप्रकाश पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुन् । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उनको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत भए । हाल उनी नेपाली कांग्रेसको महामन्त्री हुन् ।

सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन् ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका थिए । उनी पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।

सामान्य परिवारमा जन्मेका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल परेका थिए । नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चालेका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गरेका शर्मा त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर उनी आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लागेका थिए ।

विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बनेका शर्मा त्यसबेला नेकपा एमाले नेता कोइरालासँग पराजित भए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका कार्कीसँग पराजित भएका शर्माले यस पटक नेकपा एमालेका पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरेका हुन् । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित छन् । सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ५५ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको