पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा « Khabarhub

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रु पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा रु ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट रु तीन खर्ब २२ अर्ब १८ करोड बराबरको आयात गरेको छ भने रु ३८ अर्ब ६० करोड बराबरको मात्रै निर्यात गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ५४ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको