राजदूत वाग्ले र बहराइनको लेवर मार्केटका प्रमुखबीच भेटवार्ता | Khabarhub Khabarhub

राजदूत वाग्ले र बहराइनको लेवर मार्केटका प्रमुखबीच भेटवार्ता


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले र बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) का कार्यकारी प्रमुख नउफ अब्दुलरहमान जमशीरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा बहराइनमा कार्यरत नेपाली कामदारहरुको अवस्था, बहराइनको श्रम बजारमा फ्लेक्सी-परमिट कार्यक्रम विस्थापन गर्दै हालै लागू गरिएको नयाँ श्रमिक दर्ता कार्यक्रम कार्यान्वयनबारे छलफल भएको थियो । साथै नेपाली श्रमिकको हकहित, अधिकार र कर्तव्य तथा कानुन नियमप्रति सचेतना तथा सहकार्य लगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइन सरकारले ल्यायो श्रमिक दर्ता कार्यक्रम 

बहराइन सरकारको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले बहराइनको श्रम बजार सुधार र नियमनका निम्ति यही ४ डिसेम्बर २०२२ देखि श्रमिक दर्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बहराइनमा प्रयोगमा रहेको फ्लेक्सी भिषालाई प्रतिस्थापन गर्दै नयाँ कार्यक्रम ल्याइएको हो । हाल फ्लेक्सी भिषा अन्तर्गत काम गरिरहेका तथा दर्ता गरिएको कामदार अनुमति लिन चाहने विदेशी कामदारले यो नयाँ कार्यक्रम अन्तर्गत दर्ता गर्नुपर्ने हुन्छ।

भिजिट भिषामा रहेका, श्रम कानुन उल्लंघन गरेका तथा फौजदारी अभियोग लागेका श्रमिकले श्रमिक दर्ता कार्यक्रममा सहभागी हुन नसक्ने दूतावासले जनाएको छ । साथै, श्रमिक दर्ता कार्यक्रमका लागि तोकिए बमोजिमको शुल्क तिर्नुपर्ने हुन्छ।

सूचीकृत हुन चाहने नेपाली श्रमिकहरुले सर्वप्रथम सूचीकरणका लागि योग्यता पुगे नपुगेको यकिन गर्नुपर्ने हुन्छ। सूचीकृत हुन योग्यता पुगे नपुगेको एलएमआरएको वेबसाइटको माध्यमबाट यकिन गर्न सकिने दूतावासले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ११ बजे

च्याम्पियन्स लिगमा इटालियन शक्तिको सफलता

काठमाडौं – यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा इटालियन शक्ति एसी

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा– गोरखाको शहीद लखन गाउँपालिकाको टोलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क

आईपीएल : टिम र उपाधि जोगाउने कलकत्ताको लक्ष्य

कलकत्ता नाइट राइडर्सको लक्ष्य सन् २०२४ को उपाधि विजेता टोलीलाई

तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३

म्याग्दीको मार्फा पर्यटकको रोजाइमा

म्याग्दी– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ पर्यटकहरुको रोजाइमा