राजवीर र ताङ फाइनलमा « Khabarhub

राजवीर र ताङ फाइनलमा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को ब्वाइज सिंगल्समा फाइनलमा प्रवेश गरेका छन्।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे। फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसंग हुनेछ।

ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा सेटमा ६–४ र ६–१ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन्। सातदोबाटोस्थित टेनिक कोर्टमा भएको गल्र्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६–३ र ६–० तथा भारतकी तनिशा भत्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे।

ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७–५, १–६  ९१५–१३० तथा भारतका सिद्धार्थ र भिभान मिर्धाको जोडीले भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीलाई ६–३ र ६–० ले पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे।

गर्ल्स डबल्समा भारतकी हनी जुमानी गौरव र नेपालकी प्राज्ना मानन्धरको जोडीले नेपालकी प्रशंसा र भारतकी तनिशाको जोडीलाई ६–३ र ६–१ तथा नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीले नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीलाई ७–६ ९७०, ३–६ ९१०–८० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे। डबल्स फाइनल शुक्रबार हुनेछ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : २८ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको