चिसो मौसमको मर्निङवाकले स्वास्थ्यमा थप समस्या « Khabarhub

चिसो मौसमको मर्निङवाकले स्वास्थ्यमा थप समस्या

मानव जीवनको समस्या बन्दै प्रदूषण


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत १० वर्षदेखि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दो छ। तर सरकारको तर्फबाट यसलाई रोक्ने प्रयास अहिलेसम्म भएको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण हुने विभिन्न रोगबाट १० हजार मानिसले ज्यान गुमाइरहेका छन्।

विज्ञका अनुसार काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ। अहिले बिहानको समयमा घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा निसस्किनेलाई बढेको प्रदूषित हावाले झन् असर गर्ने श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रवि महत बताउँछन्। चिसो हावा र हावामा रहेका प्रदूषित कणले सबैमा असर पर्ने भए पनि मुटु, श्वासप्रश्वास, दम रोगी, बालबालिका, वृद्धवृद्धा र अन्य मानिसमा स्वास्थ्य समस्या विशेष देखिने उनको भनाइ छ।

उनका अनुसार चिसो मौसममा घाम लागेपछि मात्र घरबाट बाहिर निस्कनुपर्छ। बिहानै निस्कँदा रक्तचाप बढ्ने, मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या देखिन सक्छन्।

घर बाहिर निस्कनै पर्दा शरीरलाई पूरै ढाक्ने कपडा लगाउने, कान ढाक्ने खालको टोपी लगाउने गर्नुपर्छ। खुट्टामा जुत्ता र बाक्लो मोजा लगाउनुपर्छ।

हृदयरोग, दमका रोगी, उच्च रक्तचाप र अन्य रोग भएकाले मर्निङवाक सुरु गर्नुभन्दा पहिले चिकित्सकसँग परामर्श गनुपर्छ।

दौडिँदा जुत्तामा विशेष ख्याल गर्नुपर्छ। दौडिँदा पहिलो दबाब गोडामा पर्ने भएकाले लगाउने जुत्ता नै उपयुक्त रोज्नुपर्छ। दौडिँदा सहज हुने, शरीरलाई ब्यालेन्स गर्ने, नचिप्लिने, गोडामा असर नगर्ने, नसा नदुख्ने तथा लगाउँदा हल्का महसुस हुने जुत्ता लगाउनुपर्छ।

प्रदूषित स्थानमा नहिँड्ने, भीडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुँवा नउड्ने शान्त र हरियालीयुक्त बाटो चयन गरेर हिँड्नु उपयुक्त हुन्छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : २४ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स