चिसो मौसमको मर्निङवाकले स्वास्थ्यमा थप समस्या « Khabarhub

चिसो मौसमको मर्निङवाकले स्वास्थ्यमा थप समस्या

मानव जीवनको समस्या बन्दै प्रदूषण


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत १० वर्षदेखि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दो छ। तर सरकारको तर्फबाट यसलाई रोक्ने प्रयास अहिलेसम्म भएको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण हुने विभिन्न रोगबाट १० हजार मानिसले ज्यान गुमाइरहेका छन्।

विज्ञका अनुसार काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ। अहिले बिहानको समयमा घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा निसस्किनेलाई बढेको प्रदूषित हावाले झन् असर गर्ने श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रवि महत बताउँछन्। चिसो हावा र हावामा रहेका प्रदूषित कणले सबैमा असर पर्ने भए पनि मुटु, श्वासप्रश्वास, दम रोगी, बालबालिका, वृद्धवृद्धा र अन्य मानिसमा स्वास्थ्य समस्या विशेष देखिने उनको भनाइ छ।

उनका अनुसार चिसो मौसममा घाम लागेपछि मात्र घरबाट बाहिर निस्कनुपर्छ। बिहानै निस्कँदा रक्तचाप बढ्ने, मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या देखिन सक्छन्।

घर बाहिर निस्कनै पर्दा शरीरलाई पूरै ढाक्ने कपडा लगाउने, कान ढाक्ने खालको टोपी लगाउने गर्नुपर्छ। खुट्टामा जुत्ता र बाक्लो मोजा लगाउनुपर्छ।

हृदयरोग, दमका रोगी, उच्च रक्तचाप र अन्य रोग भएकाले मर्निङवाक सुरु गर्नुभन्दा पहिले चिकित्सकसँग परामर्श गनुपर्छ।

दौडिँदा जुत्तामा विशेष ख्याल गर्नुपर्छ। दौडिँदा पहिलो दबाब गोडामा पर्ने भएकाले लगाउने जुत्ता नै उपयुक्त रोज्नुपर्छ। दौडिँदा सहज हुने, शरीरलाई ब्यालेन्स गर्ने, नचिप्लिने, गोडामा असर नगर्ने, नसा नदुख्ने तथा लगाउँदा हल्का महसुस हुने जुत्ता लगाउनुपर्छ।

प्रदूषित स्थानमा नहिँड्ने, भीडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुँवा नउड्ने शान्त र हरियालीयुक्त बाटो चयन गरेर हिँड्नु उपयुक्त हुन्छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : २४ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका