फाइल फोटो

आर्थिक

घट्यो सुनको मूल्य, तोलाको एकलाख माथि

By खबरहब

December 23, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय तोकिएको छ । त्यसैगरी तेजावी सुनको मूल्य आज प्रतितोला ९९ हजार आठ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।