कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक | Khabarhub Khabarhub

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दलको नेता चयनका लागि १३ गते मतदान हुने जनाएको छ। त्यसअघि पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारले पुस १३ गते बिहान ८ बजेबाट १० बजेसम्म दरखास्त दिनुपर्ने छ।

सोही दिन दिउँसो पौने १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउँसो २ बजेदेखि १ घण्टा मतदानका लागि समय निर्धारण गरिएको छ । प्रदेशमा कांग्रेसका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ गरी ३७ सांसद छन्।

बागमती संसदीय दलको नेताका लागि प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरिरहेका छन्।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ४५ बजे

समाज लघुवित्तको साधारणसभा असार ३० गते

काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ साधारणसभा असार ३०

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याल र विकल

एनआईसी एशिया लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले दिएको

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

काठमाडौं– अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिने

निर्माणमा ढिलाइले अस्तव्यस्त कलंकी-चाबहिल सडक (तस्बिरहरू)

काठमाडौं- परियोजना सुरु गरेको १० वर्षमा पनि निर्माण अघि नबढ्दा चक्रपथ विस्तारअन्तर्गत