गगनको नयाँ नेतृत्वको यात्रा चुनौतिपुर्ण « Khabarhub

गगनको नयाँ नेतृत्वको यात्रा चुनौतिपुर्ण


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनाव हारेपछि उनको आगामी यात्रााबारे अनेकन जिज्ञासा उठेका छन् । यसपटक प्रधानमन्त्रीका लागि भोट मागेका उनले संसदीय दलको नेताको चुनाव हारेपछि अब त्यो च्याप्टर बन्द भएको छ ।

तर यससँगै उनको आगामी नेतृत्व यात्रा भने चुनौतिपूर्ण देखिएको छ । यसपटक संसदीय दलको नेताको चुनाव लड्दा उनलाई सबैभन्दा बढी चुनौति आफ्नै गुटबाट शेखर कोइरालाले दिए । सुरुमा गगन एक्लैले संस्थापनइतर समूहबाट संसदीय दलको नेतामा उम्मेद्वारी दिने बताएका थिए ।

तर पछि गगन समूहबाट शेखर कोइराला आफैँले संसदीय दलको चुनाव लड्ने आकांक्षा देखाए । उनले आकांक्षा मात्रै होइन, उम्मेद्वारी दिने पनि योजना बनाए । यसले गगनलाई ठूलो चुनौति थपिएको थियो । अन्ततः आफ्नो गुटको रक्षाका लागि शेखरले गगनलाई संसदीय दलको नेताको चुनाव लड्न ठाउँ छाडे ।

त्यो पनि आगामी महाधिवेशनमा शेखर सभापति उठ्दा प्रस्तावक बन्ने शर्तमा । यो गगनका लागि ठूलो चुनौति हो । १४ औँ महाधिवेशनमा भारी मत ल्याएर महामन्त्री निर्वाचित भएका गगनलाई आउँदो महाधिवेशनमा सभापतिकै आकांक्षीको रुपमा हेरिएको छ ।

तर अहिले नै संसदीय दलको चुनाव लड्दा उनले शेखरको प्रस्तावक बस्ने कुरामा सहीछाप हानिसकेका छन् । यसले आगामी दिनमा उनलाई नयाँ चुनौति थपेको छ । अब उनी केवल संसदीय दलको नेतामा मात्रै सीमित हुन्छन् कि पार्टी नेतृत्वमा पुग्छन्, अहिलेको गम्भीर प्रश्न यो हो ।

गगन आफूलाई युवा पुस्ता दाबी गरिरहँदा नेतृत्वमा पुग्ने महंत्वाकांक्षी पनि त्यत्तिकै पालिरहेका छन् । किनकी उनी अब आफ्नो पुस्ताले कांग्रेसमा राज गरोस् भन्ने चाहन्छन् । त्यसका लागि विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङहरु एकै ठाउँमा छन् ।

त्यसैले पनि अबका दिनमा गगन थापाहरूको दाबी सभापतिमै हुन सक्छ । त्यसमाथि युवापुस्ताका नेताहरू मिलेको खण्डमा बुढापुस्ताका नेताहरूलाई केही गाह्रो पनि हुन सक्छ । तर यसबेला गगनले भावी महाधिवेशनमा शेखरलाई सभापति बनाउन प्रस्तावक बन्छु भनेर अहिले नै सहमति दिनाले अब उनी नेतृत्व पुग्न कि सहमति तोड्नुपर्छ, कि त पुरै पार्टीमा आफ्नो पक्षमा माहोल बनाउनुपर्छ ।

अन्यथा उनले पार्टी सभापति शेखरलाई छाडेर आफू संसदीय दलको नेता बन्ने हुनुपर्छ । तर प्राय प्रचलित दलीय अवस्था जो पार्टी सभापति बन्छ, उसलाई नै संसदीय दलको नेता चुन्ने प्रवृत्ति छ ।

यस्तो अवस्थामा भोलिका दिनमा शेखर सभापति बन्दा उनी आफैँ संसदीय दलको नेता बन्न सक्छन् । त्यसैले गर्दा पनि गगनको आगामी यात्रा चुनौतिपूर्ण छ । त्यसमाथि पछिल्लो समय युवाहरूको लहर रवि लामिछानेहरुले ल्याएका छन् ।

त्यसकारण पनि अब गगन थापालाई आफ्नो क्रेज र छवि बचाइराख्न चुनौति छ । यसका लागि उनले आगामी राजनीतिक रणनीति कसरी तयार पार्छन्, त्यो समयले बताउँला । तर यसअघि गगनले जसरी अबको कांग्रेस नेतृत्वमा दाबी गर्ने र महत्वाकांक्षा राख्थे, अब त्यो पूरा गर्न धेरै कठिन र चुनौति छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ०७ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र