‘साथी’ मा अञ्जना र विनाको अभिनय « Khabarhub

‘साथी’ मा अञ्जना र विनाको अभिनय


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका बेनिशा पौडेल र नितु पौडेलको स्वर रहेको साथी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मानिसको जिन्दगीमा एउटा असल साथीको महत्व र भूमिका कति हुन्छ भन्ने कुरालाई नजिकबाट केलाइएको भिडियोमा मोडलद्वय अन्जना राउत र विना राउतको अभिनय देख्न सकिन्छ । 

डिपी खनालका शब्द सृजना रहेको गीतमा बबुली गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ । दीपक गिरीको छायांकन, मोडल अञ्जना राउतकै निर्देशन रहेको भिडियोमा कोरियोग्राफि निशान एसकेको रहेको छ । मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला उनको निर्देशनमा तयार भएको पहिलो भिडियो बजारमा हाउको हो ।  ।

जसले आफूलाई थप उचाइ दिने अञ्जनाको विश्वास छ । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : ५५ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको