मानव बेचबिखनमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । 

उनीहरूले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए ।

त्यहाँ पुर्‍याएपछि बिट क्वाइनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । 

उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौँ ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ०९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित