बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा | Khabarhub Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री पदमै रहेका अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका पाण्डेले ३५ हजार ९३४ मत ल्याएका थिए । एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका भएका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ ग्रहण गरेपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : १४ बजे

खुला सीमा थप व्यवस्थापन गर्नुपर्नेमा जोड

जनकपुरधाम– नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत् राख्न

ठूला पूर्वाधार निर्माणले ‘देशमा केही भएको छैन’ भन्ने भाष्य गलत साबित : प्रधानमन्त्री

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही

असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर

काठमाडौं– आगामी असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्

केवलकार चलाउन रुख काटिएको पाथीभरामा धमाधम वृक्षारोपण (तस्बिरहरू)

ताप्लेजुङ– पाथीभरा भगवतीका नामले प्रख्यात ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरूले

प्रभु बैंकको ३०४औँ शाखा सञ्चालनमा

काठमाडौं– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा