बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री पदमै रहेका अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका पाण्डेले ३५ हजार ९३४ मत ल्याएका थिए । एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका भएका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ ग्रहण गरेपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : १४ बजे

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको