सुदूरपश्चिमका विभिन्न जिल्लामा भुवा पर्वको रौनक « Khabarhub

सुदूरपश्चिमका विभिन्न जिल्लामा भुवा पर्वको रौनक


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्वको रौनक छाएको छ । हरेक वर्ष पुसमा भुवा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ । हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, डोटी र बझाङमा मनाउने गरिन्छ । केही वर्षयतादेखि पहाडबाट तराई बसोबास गर्दै आएकाहरूले पनि तराईमा भुवा पर्व मनाउन थालेका छन । 

भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषले सेतो लुगासहित जामा, पछाडि हातदेखि खुट्टासम्म पुग्ने गरी पिठ्यूमा एउटा सेतो चादर पहिरनु पर्छ । टाउँकोमा पगरी बाँध्नुपर्छ । बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनानुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । यो खेलमा १६ वटा चाल वा लय र ६३ कवच हुन्छ । 

पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाएको दिनका रुपमा यो पर्व मनाइन्छ । ‘बाजा र खेल्नेको ताल मिल्नुपर्छ, यो युद्धकालीन कला पनि हो खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ, यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास छ, पछिल्लो समय युवाहरूमा यो खेलप्रतिको चासो नहुँदा यसको महत्व घट्दै गएको छ’, डोटीका हिक्मत भण्डारीले भने।

भुवा खेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ । पहिले राजा र रजौटाले आफ्ना भाइ भारदारलगायत जनतालाई आत्मरक्षाका लागि खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरबार खेल्न सिकाउन भुवा खेलाउने गरेको बुढापाकाको भनाइ छ ।

भुवा पर्वमा विशेषगरी विभिन्न धार्मिक आस्था समेटिएका मागल गाउनका साथै जीवन चक्रसँग तथा माया प्रेम र पेसासँग सम्बन्धित विभिन्न मागल गाउँदै मनाइने र उक्त मागलको आफ्नै मौलिकता हुने ज्योतिष हरिभक्त जोशीले बताए ।

आफ्नो छुट्टै मौलिकता रहेको भुवा पर्व संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा रहेको प्रेम शाहले गुनासो गरे। उनले भने, ‘पहिला पहिला गाउँभरिका सबै एकै ठाउँमा जम्मा हुन्थ्यौँ, दुःखसुख साटासाट गरिन्थ्यो, गाउँमा गर्नुपर्ने महत्वपूर्ण निर्णय पनि सबै भेला भएको अवसरमा गरिन्थ्यो ।’

उनका अनुसार अहिले विस्तारै आधुनिकता भित्रिन थालेपछि युवाले यसप्रति वेवास्ता गरेकाले भुवा पर्व लोप हुने अवस्थामा पुगेको छ । ‘अब अहिले विस्तारै सबैले यसलाई भुल्दै गए, कुनै दिनमा इतिहासमा मात्र सीमित होलाकी भन्ने चिन्ता लागेको छ’, उनले भने। 

पुरुषको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाले पनि हातमा ढाल तरबार लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुराबासीले दशैँ तिहारभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठोमसिनो पकाएर खाने र भगवान कृष्ण, स्वर्गका राजा इन्द्र तथा पाण्डव र गौरवको गाथा गाउने प्रचलन रहेको छ । 

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : ५२ बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको