शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कावासोती– उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन्। पूर्वी नवलपरासीको देवचुली-१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आएका उपराष्ट्रपति पुनले विभेदपूर्ण वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनले वर्तमान शिक्षा प्रणालीले समाजलाई धुव्रीकृत गराएकाले यो शिक्षा प्रणालीबाट मुलुकको भविष्य राम्रो नभएको बताए। उपराष्ट्रपति पुनले अहिलेको शिक्षालाई परिमार्जित गरेर वैज्ञानिक, व्यावसायिक, प्राविधिक, रोजगारमूलक एवं जनमुखी बनाएर सक्षम, प्रतिस्पर्धी, नैतिकवान् एवं राष्ट्रहितप्रति समर्पित जनशक्ति उत्पादन गर्नसक्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने कुरामा जोड दिए । 

शिक्षामा व्यापारिकरण बढेको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा राज्यको लगानी बढाएर निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : ०३ बजे

प्रदेशका प्रशासनिक संरचनालाई स्थायी बनाउछौँ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना

भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले पाए सफाइ

इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले भ्रष्टाचार मुद्दामा सफाइ पाएका

पोखराको एलजीले जित्यो भिमाद कपको उपाधि

दमौली – तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद

राजावादीको ढोक्सामा कति छ भोट ?

काठमाडौं- के नेपालमा गणतन्त्रविरोधी/राजावादी जनमत बढ्न थालेको हो ? सडक

सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक