सरकार गठनबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी « Khabarhub

सरकार गठनबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँडबारे छलफल भइरहेको हो । 

अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । दुई जनाबीच छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुने उनले जानकारी दिए ।

प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार ५ बजेसम्म सरकारमा दाबी गर्न दलहरूलाई आह्वान गरेकी छन् । 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : ०२ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह