सरकार गठनबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी | Khabarhub Khabarhub

सरकार गठनबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँडबारे छलफल भइरहेको हो । 

अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । दुई जनाबीच छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुने उनले जानकारी दिए ।

प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार ५ बजेसम्म सरकारमा दाबी गर्न दलहरूलाई आह्वान गरेकी छन् । 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : ०२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु