नेपाल पर्यटन दशकका रणनीतिक योजना प्रभावकारी रुपमा कार्यान्वयन गरिने « Khabarhub

नेपाल पर्यटन दशकका रणनीतिक योजना प्रभावकारी रुपमा कार्यान्वयन गरिने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरूले रूपरेखा तयार पारेको र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले मुलुक संघीयतामा गए पनि काममा पुरानै प्रवृत्ति रहेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैलीका साथ अघि बढ्नुपर्ने धारणा राखे । विज्ञहरूले तयार पारेको रूपरेखामा बहुपक्षीय पूर्वाधार विकास र पर्यटन क्षेत्रको पुनरुत्थानका साथै पर्यटक आगमन प्रति वर्ष १५ प्रतिशतले वृद्धि गरी ३५ लाख पुर्‍याउने उल्लेख छ ।

त्यस्तै  मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताए । साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्‍याउने देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने योजना रहेको उनले बताए ।

कोरोनापछिको पर्यटन पुनःउत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवर्द्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै