पेस्की रकम लिएर ठेकेदार बेपत्ता हुँदा सडक निर्माण कार्य अलपत्र « Khabarhub

पेस्की रकम लिएर ठेकेदार बेपत्ता हुँदा सडक निर्माण कार्य अलपत्र


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – डोल्पाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन्। भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणकालागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनी सम्झौता भएपनि अझै काम सुरु नसकेको हो ।

चिन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला नेपालहुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारीक सडकखण्ड अन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य सूचारु गराउन कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझैँ काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इन्जिनियर दिलिप यादबले गुनासो गरे ।

‘दुई पटक ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेता पत्र काटिसकेका छौं । एउटा पत्र गत मंगलबार सात दिने समयसिमा राखेर पत्र काटिएको छ । यदि सात दिनभित्र सम्पर्कमा आएर काम सुरु भएपनि ठेक्का तोड्ने प्रक्रियामा जान्छौं,’ इन्जिनियर यादबले भने ।

यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडक खण्ड काइके ,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल चिन सीमामा पर्ने मोरिम्ला नाका पुग्ने गर्छ ।

सडक डिभिजनलाई गाउँपालिकाको ताकेता

सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले यस सडकखण्डको काम तत्काल सूचारु गराउन भन्दै २८ मंसिरमा ताकेता पत्र लेखेको छ । पत्रमार्फत सम्झौता भएको महिनौ बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवत–जावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको छ ।

सडक खण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिका सहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अन्तर्गत रानाले बताए ।

तत्कालै काम सुरु गछौँ : निर्माण कम्पनी

यता श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गराउने प्रतिवद्धता जनाएका छन् । सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरेपनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको बताए ।

‘यस सडक निर्माणको गर्नुपर्ने समय सिमा झण्डै तीन बर्ष छ,अब एकबर्ष भित्रै काम सम्पन्न गर्नेगरी यहि पुस बीस गते भित्र कामसुरु गर्छौ,’ उनले भने । एकैपटक दुई डोजर ल्याउनु पर्ने र बर्खाको समयमा खोलानाला बडेर डोजर तार्न समस्या भएकाले काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

-हेमन्त केसी/न्युज कारखाना

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्