सञ्चाचारिका समूहले जित्याे महिला फुटसलको उपाधि « Khabarhub

सञ्चाचारिका समूहले जित्याे महिला फुटसलको उपाधि


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भैरहवा – शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।

उपाधिसंगै सञ्चाचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा संचारिका समुहकी टिम क्याप्टेन निरु गौतम सर्वोत्कृत खेलाडी घोषित हुदै पुरस्कृत भइन् ।

यसैगरि सञ्चाचारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पावर्ती खत्री, अनुसासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत भएका छन् ।

सचेत नारी, सचेत परिवार स् हरेक क्षेत्रमा समान अधिकार नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रेडियोकी अध्यक्ष दीपु पोखरेल, रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

सामुदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्ला ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नम्बर १ र २ को सहकार्यमा एक दिने महिला शसक्तिकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितालाई कृषि विकास बैक लिमिटेड बुटवल, सिटिजन बैक, ग्लोबल आईएमई, एभरेष्ट, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, सिद्धबाबा मन्दिर विकास समिति, रोटरी क्लब अफ तिनाउ बुटवल, लायन्स क्लब अफ शंकरनगर बाटिका, ईनरह्लि क्लब अफ मिडटाउनको समन्वयमा गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ५४ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको