पाकिस्तानी ड्रोनले भारतमा अढाई किलो हेरोइन खसालेपछि… « Khabarhub

पाकिस्तानी ड्रोनले भारतमा अढाई किलो हेरोइन खसालेपछि…


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पञ्जाब राज्यमा पाकिस्तानी ‘ड्रोन’ मार्फत् खसालिएको लागूऔषध हेरोइनसहित एक जना पक्राउ परेका छन् । पाकिस्तानबाट उडेको चालकरहित हवाई उपकरण ड्रोनमार्फत् भारतमा २.६ किलो हेरोइन खसालिएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पञ्जाब राज्यको फजिल्का जिल्लास्थित पाकिस्तानसँगको सीमावर्ती बरिके गाउँमा ड्रोनले हेरोइन खसालेको थियो ।

ड्रोनले शंकास्पद वस्तु खसालेपछि सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले निरीक्षण गरेका थिए । निरीक्षणपछि उक्त वस्तु हेरोइन रहेको खुलेको थियो ।

घटनापछि सुरक्षाकर्मीले एक जना आरोपीलाई पनि पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : १० बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय