कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध « Khabarhub

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित गरेको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समय सीमाभित्र शाहीको एकल उम्मेदवारी परेको थियो ।

अन्य कसैको पनि उम्मेदवारी नपरेको हुँदा शाही नेपाली पार्टीको प्रदेशसभा दलको नेतामा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिए ।

दलको नेतामा जाजरकोटबाट प्रदेशसभा (२) बाट निर्वाचित राजीवविक्रम शाहले दाबी गर्दै आएको भनिए पनि उनकै समर्थनमा शाही दलको नेता निर्वाचित भए । उनी कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ४१ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका