उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो | Khabarhub Khabarhub

उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगया धाममा आज हजारौँले पौसे औँसी श्राद्ध गरेका छन् । हरेक वर्ष पौष कृष्ण औँसीका दिन उत्तरगया क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । यो वर्ष पनि विगत्को वर्षभन्दा धेरै श्रद्धालुको भीड लागेको स्थानीय उत्तरगया क्षेत्र सरोकार समितिका अष्टमान डङ्गोलले बताए ।

“विगत्का वर्षमाभन्दा यो वर्ष धेरै श्राद्ध गर्न आएका छन् । कोरोनालगायतका कारणले घटेको श्राद्ध गर्नेको सङ्ख्या यो वर्ष निकै बढेको छ”, डङ्गोलले भने ।

त्रिशूली नदी, फलाखु र सलाखुसमेतको दोभान रहेको बेत्रावतीमा पितृमोक्षको लागि पिण्डदान गर्न नेपालमात्र होइन भारतबाटसमेत श्रद्धालु आउने गरेको स्थानीय सुरज लबटले बताए ।

सत्ययुगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरेका शिवजीको घाँटीमा अड्किएको हुँदा डाहा मार्न बेतको लौरी खोपेर पानी खाएका कारण बेत्रावती नाम रहन गएको धार्मिक विश्वास रहेको छ ।

धार्मिक तथा ऐतिहासिक क्षेत्र उत्तरगयामा पौसे औँसीमा गरिने श्राद्ध, पिण्डदान र तर्पण गर्दा पितृले मोक्ष प्राप्त गर्ने विस्वास गरिन्छ । सूर्य दक्षिणायनको अन्तिम औँसीमा श्राद्ध गर्दा पितृ खुशी हुने भएकोले श्राद्ध गर्न घुइँचो लागेको एक दशकदेखि श्राद्ध गराउँदै आउनुभएका पुरेत नारायण अधिकारीले बताए ।

यस क्षेत्रमा श्राद्ध गर्न भक्तजनको बिहानदेखि घुइँचो लागेको र दिनभर पनि त्रिशूली र फलाखु खोलाका किनारामा श्राद्धको भीड रहेको थियो । उत्तरगया क्षेत्रमा आएर वर्षेनि हजारौँ भक्तजनले आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : १८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि