उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो « Khabarhub

उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगया धाममा आज हजारौँले पौसे औँसी श्राद्ध गरेका छन् । हरेक वर्ष पौष कृष्ण औँसीका दिन उत्तरगया क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । यो वर्ष पनि विगत्को वर्षभन्दा धेरै श्रद्धालुको भीड लागेको स्थानीय उत्तरगया क्षेत्र सरोकार समितिका अष्टमान डङ्गोलले बताए ।

“विगत्का वर्षमाभन्दा यो वर्ष धेरै श्राद्ध गर्न आएका छन् । कोरोनालगायतका कारणले घटेको श्राद्ध गर्नेको सङ्ख्या यो वर्ष निकै बढेको छ”, डङ्गोलले भने ।

त्रिशूली नदी, फलाखु र सलाखुसमेतको दोभान रहेको बेत्रावतीमा पितृमोक्षको लागि पिण्डदान गर्न नेपालमात्र होइन भारतबाटसमेत श्रद्धालु आउने गरेको स्थानीय सुरज लबटले बताए ।

सत्ययुगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरेका शिवजीको घाँटीमा अड्किएको हुँदा डाहा मार्न बेतको लौरी खोपेर पानी खाएका कारण बेत्रावती नाम रहन गएको धार्मिक विश्वास रहेको छ ।

धार्मिक तथा ऐतिहासिक क्षेत्र उत्तरगयामा पौसे औँसीमा गरिने श्राद्ध, पिण्डदान र तर्पण गर्दा पितृले मोक्ष प्राप्त गर्ने विस्वास गरिन्छ । सूर्य दक्षिणायनको अन्तिम औँसीमा श्राद्ध गर्दा पितृ खुशी हुने भएकोले श्राद्ध गर्न घुइँचो लागेको एक दशकदेखि श्राद्ध गराउँदै आउनुभएका पुरेत नारायण अधिकारीले बताए ।

यस क्षेत्रमा श्राद्ध गर्न भक्तजनको बिहानदेखि घुइँचो लागेको र दिनभर पनि त्रिशूली र फलाखु खोलाका किनारामा श्राद्धको भीड रहेको थियो । उत्तरगया क्षेत्रमा आएर वर्षेनि हजारौँ भक्तजनले आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : १८ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा