तीन दिनको मौसम पूर्वानुमान : कतै वर्षा, कतै हिमपात « Khabarhub

तीन दिनको मौसम पूर्वानुमान : कतै वर्षा, कतै हिमपात


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । देशभरी बदली गराई वर्षा र हिमपात गराएको प्रणाली कमजोर भए पनि फेरि अर्को प्रणाली आउनेक्रम चलिरहेकाले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न अझै केही समय लाग्ने देखिएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसकै प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम कस्तो ?

सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । यस्तै सोमबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ।

प्रदेश १, मधेस, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी मंगलबार दिउँसो देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ।

मंगलबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ९ध्बचलष्लनरब्मखष्कयचथ ायच लभहत द्दद्ध जयगचक०

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १७ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले