भारतमा ओमिक्रोन समुदायस्तरमै फैलियो « Khabarhub

भारतमा ओमिक्रोन समुदायस्तरमै फैलियो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको पाइएको छ ।

इन्डियन-सार्स-कोव-२-जीनोम-कन्सोर्नियमका अनुसार भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको हो । यसले कोरोना सङ्क्रमितको सङ्ख्या बढेर अस्पताल भर्ना हुने दर पनि बढिरहेको जिनोम कन्सोर्नियमले जनाएको छ ।

पछिल्लो समय विरामीलाई आइसीयू बेड पनि चाहिन थालेको छ । ओमिक्रोन सङ्क्रमण भएका धेरैमा हल्का र लक्षण नै नभएका पनि छन् । ओमिक्रोनको खतरामा कुनै पनि परिवर्तन नभएको भन्दै ओमिक्रोन केही महानगरमा तीब्रगतिमा फैलिरहेको जीनोम कन्सोर्नियमले जनाएको छ ।

जब कोही सङ्क्रमितलाई कहाँबाट रोग सरेको हो भन्ने बारेमा थाहा हुँदैन त्यतिबेला रोग समुदायस्तरमा फैलिएको मानिन्छ । यसको मतलव कोरोना भाइरस गाउँ, बस्ती र शहरमा समुदायस्तरमा छ । यस्तोमा सङ्क्रमणको लहर चुडाउन मुस्किल पर्छ र सङ्क्रमण तीब्रगतिमा फैलन्छ । समुदायस्तरमा फैलिनुको मतलव भाइरसले जो कोहीलाई सङ्क्रमण गराउन सक्छ ।

अहिलेसम्म भारतमा ३ करोड ९५ लाखमा कोरोना पुष्टि हुँदा ३ करोड ६७ लाख निको भएका छन् । ४ लाख ८९ हजारको भने मृत्यु भएको छ । अझै पनि २२ लाख ५९ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजार ९ सय जटिल अवस्थामा रहेका र बाँकीको अवस्था सामान्य रहेको पाइएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३४ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा