ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्ती अफर « Khabarhub

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्ती अफर


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले एक हजारसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ । साथै ५ हजारसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इनस्योर१०० प्रयोग गरी सयको क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ । तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको हो ।

यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् । डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।’

पाँच हजार रुपैंयाँमाथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६ हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : ४५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट