खोप कार्ड नभए सेवा नपाइने भएपछि खोप लगाउने बढ्दै « Khabarhub

खोप कार्ड नभए सेवा नपाइने भएपछि खोप लगाउने बढ्दै


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।

अहिले जिल्लावासीलाई पायक पर्ने गरी गल्याङ नगर अस्पताल, गह्रौं प्राथमिक अस्पताल वालिङ र शहरी स्वास्थ्य क्लीनिक पुतली बजार– १ मा नियमित खोप लगाउने व्यवस्था गरिएको उनले बताइन् ।

सेवाग्राहीलाई खोप कार्ड अनिवार्यसम्बन्धी सूचना पाए लगत्तै पहिला नलगाएका मानिस पनि खोप लगाउन स्वास्थ्य संस्थाहरुमा आउनेक्रम तुलनात्मकरुपमा बढेको प्रमुख शर्माको भनाइ छ ।

खोप लगाउन डराउने, लगाएर के हुन्छ र ? भन्नेहरु अहिले सेवा नै नपाइने हो की भन्ने चिन्ताले पहिलो मात्रा खोप लगाउन अस्पताल आउने गरेका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताए ।

“पहिला थोरै संख्यामा मानिस खोप लगाउन आउँथे” उनले भने, “खोप कार्ड अनिवार्य गरेसँगै अहिले दैनिक एकसयभन्दा धेरै मानिस कोभिड १९ को पहिलो मात्रा लगाउन आइरहेका छन् ।”

गह्रौं प्राथमिक अस्पतालमा अहिले १२ वर्षदेखि माथिका सबैलाई बिदाको दिनबाहेक हरेक दिन पहिलो र दोस्रो मात्रा खोप नियमित लगाईदिने गरिएको उनले जानकारी दिए ।

उता गल्याङ नगर अस्पतालमा पनि अहिले दैनिक १०० भन्दा बढी मानिस खोप लगाउन आउने गरेका अस्पताल प्रशासक थानापति न्यौपानेले बताए ।

“खोप लगाउने सकिन लाग्यो भन्ने भएको थियो” प्रशासक न्यौपानेले भने, “तर डराएर नलगाएका, थाहा नपाएर नलगाएका, लगाएर के नै हुन्छ र भन्नेहरु अहिले नगरपालिका तथा अन्य कार्यालयमा सेवा लिन जाँदा नपाइएला भन्ने चिन्ताले खोप लगाउन आएका छन् ।”

पहिला नै खोप किन लगाउनु भएन भनेर केहीलाई सोध्दा “गाउँतिरै बसिन्छ, बजारतिर खास्सै झरिन्न, यसै चलिराछ र चल्छ भन्ने जस्ता प्रतिक्रिया आउने गरेको थियो”, उनको भनाइ थियोे ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर जिल्लामा बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, नेपाल सरकार गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकको निर्णयसँगै जिल्ला सुरक्षा समितिले गत शुक्रबारदेखि सेवाग्राहीले अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण हेर्ने गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएसँगै खोप अभियान थप प्रभावकारी भएको उनको भनाइ थियो ।

सेवाग्राहीले खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य देखाउने व्यवस्थालाई कडाइका साथ लागू गर्नाका साथै, सेवा प्रदायक निकायले आफ्नो हाताभित्र भएको खुल्ला स्थानको अधिकतम उपयोग गरी सकेसम्म खुल्ला स्थानबाट सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ५८ बजे

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो