१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला « Khabarhub

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो ।

शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो।

सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए।

श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : २० बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट