दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव « Khabarhub

दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोनाविरुद्धको अतिरिक्त थप एक डोज खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दोस्रो डोज वा जोन्सन एण्ड जोन्सन खोप लगाएका ६ महिना पुरा भएका अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई अहिले पहिले लगाएको खोपको थप अतिरिक्त एक डोज खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

यही माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने उनको भनाई छ । त्यसैगरी, जनप्रतिनिधि, सरकार कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पछि छिट्टै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पतालबाट अतिरिक्त खोप लगाउने तयारी गरिएको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

अग्रपंक्तिमा खट्ने र लक्षित वर्गलाई खोप लगाउन करिब ४० हजार डोज खोप रहेको कार्यालयको भनाई छ । यसैबीच खोप पर्याप्त भए पनि अहिले दाङमा सिरिन्ज अभाव भएको छ । सिरिन्ज अभाव भएकै कारण अतिरिक्त खोप कार्यक्रमलाई तीव्रता दिन केही समस्या भएको प्रमुख शाहीले बताए । अबको एक हप्ता भित्र सिरिन्ज आउने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ६ : २८ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी