चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे | Khabarhub Khabarhub

चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो ।

माइती पक्षले छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने भनेपछि चार दिनसम्म शव उठेको थिएन ।

माइतीपक्ष सँग कुरा मिललेपछि आज कामीको शव आफन्तले बुझेर अन्त्यष्टि गरेका हुन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियापछि बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो ।

हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोष्टमाटम गरेर शव आफन्तले उठाएका हुन् ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी र्नकफ एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । बच्चा जन्माउने क्रममा उनको निधन भएपछि माइती पक्षले घटनाबारे नबुझी शव उठाउन नदिने बताएपछि समस्या भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर