चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे « Khabarhub

चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो ।

माइती पक्षले छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने भनेपछि चार दिनसम्म शव उठेको थिएन ।

माइतीपक्ष सँग कुरा मिललेपछि आज कामीको शव आफन्तले बुझेर अन्त्यष्टि गरेका हुन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियापछि बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो ।

हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोष्टमाटम गरेर शव आफन्तले उठाएका हुन् ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी र्नकफ एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । बच्चा जन्माउने क्रममा उनको निधन भएपछि माइती पक्षले घटनाबारे नबुझी शव उठाउन नदिने बताएपछि समस्या भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ४५ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ