आज २०७८ साल फागुन १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १२ गते बिहीबारको राशिफल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आजको दिन राम्रो छ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। पठनपाठनमा जोश बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सन्तोष मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षाको माध्यमबाट गरिने कार्यमा उत्साह बढ्नेछ।

मिथुन : दिन सामान्य रहेको छ। पारिवारिक समस्या देखिन्छ। आज शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। एकान्तमा बसेर अध्ययन गरेका लामो समयसम्म स्मरण रहने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट : दिन सामान्य छ। रोग र शत्रुको प्रकोपको सामना गर्नुपर्नेछ। पेट र मस्तिष्क सम्बन्धी समस्या हुनेछ। शिक्षामा उत्साह बढ्नेछ। तपाईको लगानीले गुणात्मक नतिजाहरु प्राप्त हुनेछन्। राजनीति क्षेत्रमा संगठनको सहयोग मिल्नेछ। पारिवारिको सहयोग मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। स्वास्थ्य, वैदेशिक रोजगार र सामाजिक क्षेत्र सामान्य छ। पठनपाठनमा रुची बढ्नेछ। पारिवारिक सम्बनध सुमधुर रहनेछ। तर, आन्तरिक कलह भने बढ्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

कन्या : दिन समान्य राम्रो छ। स्वास्थ्यमा समस्या आउनेछ। शिक्षामा आफै लाग्नुपर्नेछ। लगानीबाट राम्रो परिणाम पाउने योग छ। अन्य क्षेत्रमा जस्तो भएपनि विद्याको क्षेत्रमा उन्नति प्रगति हुनेछ।

तुला : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। बोलीमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा थोरै श्रम गरेपनि धेरै फाइदा हुनेछ। ंधार्मिक र सामाजिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : बोलीको राम्रो प्रभाव रहन्छ। आलस्य बढ्नेछ। सहयोग गर्नेहरु टाढा हुनेछन्। ठूला कामको थालनी आज नपरेकै राम्रो।

धनु : प्रशंसा बढ्नेछ। दैनिकी सरल र सहज बन्नेछ। पुरोना लगानी उठ्नेछ। आफ्नाबाट नै सतर्क रहनुपर्नेछ। राजनीतिमा संगठन वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा धेरै अवसर छन्।

मकर : आम्दानी हुनेछ। बोलीको प्रभावले अरुको पनि भलाइ हुनेछ। नसोचेको फाइदा मिल्ने योग छ। भगवान शिवको स्मरण गरेर थालेको काम सफल हुनेछ।

कुम्भ : नयाँ निर्णय नगनुर्होला। आम्दानी बढ्नेछ। अरु क्षेत्रको लगानीले भन्दा वैदेशिक क्षेत्रको लगानीले उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

मिन : आजको दिन राम्रो छ। आफूभन्दा ठूलाको सम्मान गर्नुपर्ने देखिन्छ। अभिभावकको सम्मान गर्नाले सफलता मिल्नेछ। भविष्यको बाटो खुल्ने दिन भएकाले पूर्खाको सम्झना गर्नुहोला।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ५ : ०९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा