पुटिनले भने– रुसी सेनामाथि पूर्ण भरोसा छ « Khabarhub

पुटिनले भने– रुसी सेनामाथि पूर्ण भरोसा छ


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् ।

थप रुसी सेना युक्रेनको सिमाना नजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको सो भनाई आएको हो ।

रुस सीधा र इमान्दार वार्ताका लागि सधै तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणको सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन् ।

यसैबीच अमेरिकालागायत पश्चिमा मुलुकहरुले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेका छन् । ‘हामीले रुसी सरकारलाई पश्चिमी वित्तिय सहायताबाट अलग गरेका छौ,’रुसको सदनले पूर्वी युक्रेनमा सेना पठाउन त्यहाँको संसदले अनुमोदन गरेपछि बाइडेनले भने ।

सोमबार मात्र पुटिनले पूर्वी युक्रेनको बिखन्डनकारी क्षेत्र दोनेत्सक र लुहान्सकालाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । यसैबीच, युक्रेनले आफ्ना सम्पूर्ण नागरिकलाई रुस छोड्न आग्रह गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ५५ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी