कुन रोगका बिरामीले के को जुस पिउने ? « Khabarhub

कुन रोगका बिरामीले के को जुस पिउने ?


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसमा रोग लागेपछि त्यसलाई निको पार्न औषधी र सोही अनुसारको खानेकुरा खान आवश्यक हुन्छ । यस्तोमा बिरामी भएका बेला जुस पिउनु निकै लाभदायक मानिन्छ तर कुन रोग लाग्दा कुन जुस पिउने ? यसबारे थाहा हुन जरुरी छ ।

क) बिहान खाली पेटमा
भोक नलाग्ने मान्छेले बिहान खाली पेटमा कागती पानी खानुपर्छ । कागती पानी खानु अघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानु उपयुक्त हुन्छ।

ख) रगत सफा गर्न
रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउन कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस पिउनु लाभदायक हुन्छ ।

ग) दमको समस्यामा
दमको समस्यामा लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

घ) उच्च रक्तचाप
उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । साथै शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।

ङ) लो ब्लड प्रेसर
लो ब्लड प्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ । साथै अमिलो फलको रस पिउनु हुँदैन । अंगुर र मौसमको रस पिउनु लाभदायक हुन्छ ।

च) जन्डिस र क्यान्सर
जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पिउँदा पनि राम्रो गर्छ । क्यान्सर मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

छ) अनुहारको दाग
अनुहारको दाग हटाउन गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस पिउनु लाभदायी हुन्छ ।

-पञ्जाब केशरी

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको