बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता « Khabarhub

बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।

पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्ड–फ्लुप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै यदी रोग देखिएमा नलुकाउन आग्रह गरेका छन् । उनले भने, ‘रोग देखिए आफ्नो पनि क्षति अरुको पनि क्षति, महामारी हुन नदिऊ, यसप्रति विशेष सचेत रहन आग्रह गर्दछु ।’

पशुपन्छी विशेषज्ञ डा सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गरे । साथै उनले हालको बर्ड–फ्लु सङ्क्रमण मानिसमासमेत हुनसक्ने लक्षणसहित बर्ड–फ्लु देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘पन्छी पालिएको खोर सधैँ सफा राख्र्दै निसङ्क्रमण गर्नुपर्छ, त्यसो गर्नेले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्छ ।’

नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले उनले विभिन्न ५० स्थानबाट बर्ड–फ्लु परीक्षणका लागि ‘स्याम्पल’पठाइएको जानकारी दिए । पोल्ट्री व्यवसायी सङ्घका सल्लाहकार मधुसुदन गुरागाईले नयाँ–नयाँ रोगले व्यवसायीलाई धरासायी बनाइरहेको अवस्थामा प्रविधिमैत्री भई जैविक–सुरक्षासँगै नयाँ सुरक्षाका रणनीति अपनाउन आग्रह गरे ।

गत हप्ता बनेपा नगरपालिकाले पनि पन्छीमा लाग्ने सङ्क्रामक रोगका विषयमा स्थानीय सरोकारवाला भेला गरी छिमेकी जिल्लासँग जोडिएको आफ्ना नाकामा सुरक्षा–जाँचका विषयमा छलफल गरेको थियो । साथै नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेको पन्छीको जाँच गर्ने योजनाअनुसार बर्ड–फ्लु गतिविधि गरिरहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लास्थित उपत्यकाको प्रवेश नाका साँगा र जिल्लाको पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका मङ्गलटारमा केही हप्ताअघि पन्छीको जाँच केन्द्र स्थापना गरिसकेको छ । गत माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड–फ्लु सङ्क्रमण त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँमा देखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : २२ बजे

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ