बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता « Khabarhub

बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता


१२ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।

पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्ड–फ्लुप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै यदी रोग देखिएमा नलुकाउन आग्रह गरेका छन् । उनले भने, ‘रोग देखिए आफ्नो पनि क्षति अरुको पनि क्षति, महामारी हुन नदिऊ, यसप्रति विशेष सचेत रहन आग्रह गर्दछु ।’

पशुपन्छी विशेषज्ञ डा सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गरे । साथै उनले हालको बर्ड–फ्लु सङ्क्रमण मानिसमासमेत हुनसक्ने लक्षणसहित बर्ड–फ्लु देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘पन्छी पालिएको खोर सधैँ सफा राख्र्दै निसङ्क्रमण गर्नुपर्छ, त्यसो गर्नेले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्छ ।’

नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले उनले विभिन्न ५० स्थानबाट बर्ड–फ्लु परीक्षणका लागि ‘स्याम्पल’पठाइएको जानकारी दिए । पोल्ट्री व्यवसायी सङ्घका सल्लाहकार मधुसुदन गुरागाईले नयाँ–नयाँ रोगले व्यवसायीलाई धरासायी बनाइरहेको अवस्थामा प्रविधिमैत्री भई जैविक–सुरक्षासँगै नयाँ सुरक्षाका रणनीति अपनाउन आग्रह गरे ।

गत हप्ता बनेपा नगरपालिकाले पनि पन्छीमा लाग्ने सङ्क्रामक रोगका विषयमा स्थानीय सरोकारवाला भेला गरी छिमेकी जिल्लासँग जोडिएको आफ्ना नाकामा सुरक्षा–जाँचका विषयमा छलफल गरेको थियो । साथै नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेको पन्छीको जाँच गर्ने योजनाअनुसार बर्ड–फ्लु गतिविधि गरिरहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लास्थित उपत्यकाको प्रवेश नाका साँगा र जिल्लाको पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका मङ्गलटारमा केही हप्ताअघि पन्छीको जाँच केन्द्र स्थापना गरिसकेको छ । गत माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड–फ्लु सङ्क्रमण त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँमा देखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : २२ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा