यस्तो छ, फेसबुक वेब र एपमा सर्च हिस्ट्री हटाउने तरीका « Khabarhub

यस्तो छ, फेसबुक वेब र एपमा सर्च हिस्ट्री हटाउने तरीका


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको युगमा नेपालमा फेसबुकको प्रयोग बढी मात्रामा हुने गरेको छ । साथी बनाउन, पोष्ट गर्न, शेयर गर्न, च्याट गर्न र भिडियो कल गर्न एक उत्तम विकल्प भएकाले यसको प्रयोग गर्नेहरुको संख्या बढेको हो । कहिलेकाहीँ आफूले बनाएका पेज र मानिसहरू हराउने र खोजेको बेला नभेट्ने समस्या हुन्छ । यस्तोमा फेसबुकको एप वा वेबमा गई त्यहाँका आवश्यक डाटाहरु स्टोर गरेर राखिएका हुन्छन् ।

– यदि डाटाहरु तस्बिरको रुपमा संग्रहित छन् हेरेर चाहेको वा इच्छाएको व्यक्ति व्यक्ति वा ग्रुप हटाउन सक्नुहुन्छ ।

– फेसबुकले एकै पटकमा हटाउने विकल्प वेब र एपमा समेत दिएको छ तर त्यो लुकेर रहेको हुन्छ । यसका लागि निम्न प्रकृया पूरा गर्नु पर्ने हुन्छ ।

– पहिला फेसबुकको प्रोफाइलमा जानुस् र त्यहाँ ‘एक्टीभिटी लग’ वा भ्यू एक्टीभिटी लग भनेर दिइएको अप्सनलाई आफू अनुकूल बनाउनु होस् ।

– एकपटक ‘एक्टीभिटी लग’मा क्लिक गरिसकेपछि त्यहाँ दिइएका धेरै किसिमका विकल्प भेटाउन सकिन्छ । जसमा लाइक, कमेन्ट र शेयर लगायत अन्य थुप्रै विकल्पहरू हुन्छन् । त्यही पेजमा थप विकल्प पनि देख्न सक्नु हुनेछ ।

– अब मोर अप्सनमा क्लिक गरिसकेपछि फिल्टर गर्ने लिस्ट देख्न सकिन्छ । त्यो लिस्टमा फिल्टर गर्न मन लागेको कुरा सर्च ट्याबमा खोज्न सक्नुहुन्छ ।

– त्यही सर्चको ट्याबमा रहेर चलाउने वा अरु फेसबुक चलाउने व्यक्तिको पेजमा संग्रहित डाटा समय, गते, महिना र वर्ष अनुसार भेटाउन सकिन्छ । साथै त्यही पेजमा ‘क्लियर सर्च’ नामक ट्याब दायाँपट्टिको कुनामा भेटाइन्छ । जसले वेबमा भएको हिस्ट्रीलाई सधैँकालागि हटाउन सकिन्छ ।

यस्तै फेसबुक एपको लागि

– सबैभन्दा पहिले एपको हिस्ट्रीमा जानुहोस् । त्यहाँ हिस्ट्रीको लिस्ट भेट्टाउन सकिन्छ ।
– त्यस लिस्टमा दायाँपट्टी एडिट अप्सन दिएको हुन्छ । त्यहाँ क्लिक गरेर सिधै ‘एक्टीभिटी लग’ पेजमा पुग्न सकिन्छ ।
– त्यही पेजमा ‘क्लियर सर्चेज’ अप्सन भेटाउनु हुनेछ । त्यहीबाट आफ्नो एपमा रहेको डाटाहरुको हिस्ट्रीलाई सधैँभरीका लागि हटाउन सक्नु हुनेछ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : २४ बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि