वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चौधरीले चलाएको मोटरसाइकलले त्रियुगा नगरपालिका- ५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको होन्डा कम्पनीको सिबी युनिकर्न सरकारी नम्बर प्लेटका मोटरसाइकल स१ब ८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । वडाध्यक्ष चौधरीले चलाएका मोटरसाइकलको ठक्करबाट मृतक चौधरी सडकबाट एक सय मिटर तल उछिटिएका थिए ।

मोटरसाइकल सडक किरानाको विद्युतको पोलसमेत क्षतिग्रस्त बनाएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत गम्भीर घाइते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।

मृतक चौधरीको सडक किनारामा घर भएकाले राति पिसाब फेर्न बाहिर निस्कने क्रममा दुर्घटना भएको जनाएका छन् । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट कदमा खण्डको सडक बिहान तीन घन्टा अवरुद्ध बनाएका थिए ।

बिहान ७ देखि १० बजेसम्म सडक अवरुद्ध हुँदा गाईघाटबाट बाहिर जाने सवारीसाधन सबै रोकिएको थियो । सडक अवरुद्धपछि सर्वपक्षीय छलफलले मृतकलाई कानुनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ११ : ४० बजे

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।