राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट « Khabarhub

राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ । राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । टोलीको ४ दिनको प्रशिक्षण काठमाडौंमा हुनेछ भने बाँकी तालिम पोखरामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

किर्गिजस्तानमा चैत्र १८ गते देखि बैशाख २ गतेसम्म आयोजना हुने एफसी फुटसल एसियन कप छनोटको लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु हुन लागेको हो । छनोटमा नेपाल उज्बेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँग समूह बीमा परेको छ । छनोटमा नेपालको प्रारम्भिक खेल भने चैत्र २७, २८ र २९ गते हुने एन्फाले जनाएको छ । खेल तालिका र मिति भने सार्वजनिक हुन बाँकी छ ।

बन्द प्रशिक्षणमा ३२ खेलाडी

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जीब तामाङ, सुमित कुमार आले
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ
पिभोटः अबिनाश तामाङ, बिक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोश मास्के, सुसन श्रेष्ठ
अलाः आदिल हामिद, अमित लामा, जेनिश प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मनी कुमार लामा, मनोज गुरुङ, रन्जीत गुरुङ, रोशन चन्टयाल, सुमित श्रेष्ठ, सुरज गुरुङ, अर्केन शेर्पा

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १२ : ४२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी