सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो « Khabarhub

सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रीएका छ ।

उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम र नामिबियाबाट फेस मास्क खरिद गरेको छ ।

नेपालले चीनबाट ७६ करोड ३० लाख १६ हजार रुपैयाँ, डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ, हंगेरीबाट ४ करोड २० लाख ९ हजार रुपैयाँ, भारतबाट एक करोड ४६ लाख एक हजार रुपैयाँ, सिंगापुरबाट एक करोड ९२ लाख ३२ हजार रुपैयाँ र अमेरिकाबाट २ करोड ७५ लाख ७१ हजार रुपैयाँको फेस मास्क ल्याएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क ल्याएको थियो । कोरोना महामारीका कारण फेस मास्को आयात बढेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  २ : ४४ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको