गगनले भने– पाँच दलीय गठबन्धनको औचित्य सकियो « Khabarhub

गगनले भने– पाँच दलीय गठबन्धनको औचित्य सकियो


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय गठबन्धनको औचित्य सकिएको बताएका छन् ।

बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरूसमेत सहभागी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले खुला छलफल गर्न आफूहरू तयार रहेको जानकारी दिएको पनि बताए ।

उनले एमसीसी देशको विषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनको अवरोध हटाउन एमालेसँग आग्रह गरिएको पनि बताए ।

दलीय सहमतिका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच पुनः छलफल हुने नेता थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ०८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी