१० लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ « Khabarhub

१० लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कूल सात हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा नौ लाख ५४ हजार ९०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज ५६२ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ६७८ छ । सक्रिय सङ्क्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आइसियू र १७ जना भेन्टिलेटरमा छन् ।

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ४० बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको