युद्धको पीडा : पर्यटन व्यवसाय नै धरापमा | Khabarhub Khabarhub

युद्धको पीडा : पर्यटन व्यवसाय नै धरापमा


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना महामारीका कारण संसार नै थलिएको दुई वर्ष भइसकेको छ। दुई वर्षको बीचमा रुस र युक्रेनको युद्ध चर्किएको छ। युद्धले रुस र युक्रेनको मात्र होइन संसारका अन्य देशको अर्थतन्त्रलाई पनि प्रभाव पारेको छ।

दुई वर्षको अन्तरालमा अर्थतन्त्र नै समस्यामा परेको देश थाइल्यान्ड पनि हो। एक वर्ष भन्दा बढीको समय त थाइल्यान्डमा अन्य देशका मानिसका लागि प्रवेश नै दिइएन। पर्यटकीय देशमा यसको असर त पर्ने नै भयो।

थाइल्यान्डको पर्यटकीय क्षेत्र फुकेट, ५० किलोमिटर भन्दा छोटो दुरीको एउटा टापु। यहाँको ‘बिच’ को भ्रमण गर्न संसारका ७० लाख मानिस हरेक वर्ष पुग्ने गरेका थिए। कोभिड महामारीपछि त्यहाँको अर्थतन्त्र नै धराशायी भएको छ। संसारको एउटा आकर्षक पर्यटकीय गन्तव्य अहिले कुन दिसामा जाने भन्ने चिन्तामा देखिएको छ।

एक वर्ष अगाडिसम्म थाइल्यान्डमा सबैभन्दा धेरै चिनियाँ पर्यटक आउने गरेका थिए। चिनियाँ सरकारले आफ्नो नागरिकलाई अन्यत्र जान बन्देज लगाएपछि यसको असर थाइल्यान्डको व्यापारमा परेको छ।

जब थाइल्यान्ड खुला भएको थियो, चीनको साटो रुसी पर्यटक त्यहाँको मुख्य आधार बनेका थिए। गत डिसेम्बर महिनामा मात्र १७ हजार रुसी पर्यटक थाइल्यान्ड आएका थिए। फुकेटका मुख्य ‘बिच’ कारोन, काटा र पाटोङमा पुग्ने हो भने रसियनलाई लोभ्याउने आकर्षक मेनु देख्न सकिन्छ।

एक वर्ष अगाडिसम्म थाइल्यान्डमा सबैभन्दा धेरै चिनियाँ पर्यटक आउने गरेका थिए। चिनियाँ सरकारले आफ्नो नागरिकलाई अन्यत्र जान बन्देज लगाएपछि यसको असर थाइल्यान्डको व्यापारमा परेको छ।

अहिले रुसले युक्रेनमाथि हमला गरेपछि त्यहाँका सात हजार नागरिक फुकेटमै अलपत्र परेका छन्।सबै एयरलाइन्सले रुसको यात्रा बन्द गरेका छन्। अहिले त्यहाँ धेरै आर्थिक सङ्कट देखिएको छ।

रुस माथिको प्रतिबन्धसँगै एटिएम र क्रेडिट कार्डसमेत काम नलाग्ने भएका छन्। रुसी नागरिक या रुसी बैङ्कसँगको कारोबार अन्यत्र देशमा हुन छाडेको छ।

त्यहाँ रहेका धेरै रसियन युक्रेनमाथि आक्रमण गरेर उनीहरूको सरकारले आफूहरूलाई समेत अनावश्यक दुःख दिएकोमा रुष्ट छन्। उनीहरू घर फर्कन चाहे पनि उनीहरूको समस्या कसैले देखेको छैन।

दुई जना रसियन आक्रमण हुनुभन्दा अघिल्लो दिन मस्कोबाट फुकेट आएका थिए। उनीहरू घर फर्कन डराउँछन्। उनीहरूलाई युद्धको त्रासदीले सधैँ सताउने छ। फुकेटमा बस्न पैसाको समस्या छ। ‘हामी बैङ्कबाट बैङ्क पुग्यौं। एउटा एटिएमबाट अर्को एटिएम पुग्यौँ। तर, हाम्रो प्रत्येक १० प्रयासमा एक प्रयास मात्र सफल हुने गरेको छ, ’ उनीहरूको गुनासो छ, ‘हामीले अन्य विभिन्न उपायको खोजी पनि गरेका थियौं। वेस्टर्न युनियन र साइप्टो करेन्सीमा पनि धायौं। तर, यसले एक दिन काम गरे पनि अर्को दिन काम गरेको थिएन।’

दुई जना रसियन आक्रमण हुनुभन्दा अघिल्लो दिन मस्कोबाट फुकेट आएका थिए। उनीहरू घर फर्कन डराउँछन्। उनीहरूलाई युद्धको त्रासदीले सधैँ सताउने छ। फुकेटमा बस्न पैसाको समस्या छ।

त्यहाँ रसियन मात्र होइन, युक्रेनी पनि अलपत्र परेका छन्। त्यहाँ अलपत्र पर्ने युक्रेनीको सङ्ख्या भने रसियनको तुलनामा कम छ। आफू थाइल्यान्डमा अलपत्र उता, रुसी आक्रमणको कारण घर परिवारको बेहाल। कसैसँग सहयोग माग्ने अवस्था पनि उनीहरूको छैन।

थाइल्यान्डले अहिले देश छाड्न नसक्ने विदेशीका लागि भन्दै भिसा थप्ने नीति लिएको छ। अध्यागमन डेस्क होटेलका अगाडि पनि खडा गरिएका छन्। त्यही रहेको बिच साइड होटेलको छेउमा एन्टन र एलीना भेटिएका थिए।

अन्य दर्जन भन्दा बढी युक्रेनी पनि त्यहाँ थिए। डिसेम्बरमै घर छाडेर उनीहरू मार्चको मध्यमा मात्र घर फर्कने योजनामा थिए। तर, उनीहरूको फ्लाइट रद्द भयो। उनीहरू लामो समय बाहिर रहे हुन्थ्यो भने परिवारको पनि चाहना छ।

‘हामी यहाँ रिल्याक्सको मुडमा छैनौ। यहाँ समुद्रमा पौडी खेल्दा पनि आनन्दको महसुस हुँदैन’, एलिनाले भनिन्, ‘हरेक दिन हामी समाचार पढ्छौं। तर, दुर्भाग्य हामी त्यहाँ गएर परिवारलाई सहयोग गर्न सक्दैनौं।’

एलीनाकै अनुसार उनको परिवार किभको सुरक्षित स्थानमा छ। तर, रुसी सेना उनीहरूको धेरै नजिक पुगिसकेको छ। आठ वर्ष अगाडि विवाद सुरु हुने बित्तिकै डोन्सटेक सहर छाडेको स्मरण उनीहरूलाई ताजै छ।

युवती युलीयाले आफ्नो सहर इरपिन ध्वस्त भएको फोटो मोबाइलमा सेभ गरेर राखेकी छिन्। त्यही फोटो देखाएर उनी रोइरहेकी छिन्।

एन्टोनका परिवार घर छाडेर हंगेरीको सीमा छेउका पुगेको छ। ता कि अप्ठेरोमा परेको समयमा उनीहरू तत्काल देश छाड्न सकुन्। अर्की युवती युलीयाले आफ्नो सहर इरपिन ध्वस्त भएको फोटो मोबाइलमा सेभ गरेर राखेकी छिन्। त्यही फोटो देखाएर उनी रोइरहेकी छिन्।

अहिले युक्रेनीलाई थाई सरकारले ९० दिनको भिसा थपिदिएको छ। तर, त्यहाँ बस्ने अनुमति थाई सरकारले दिए पनि पैसाकै समस्या छ। स्थानीय व्यापारी उनीहरूलाई सहयोग गर्ने उपायको खोजी गरिरहेका छन्।

थाइल्यान्डमा रहेको युक्रेनी दूतावासका अनुसार युक्रेनीलाई निःशुल्क बसोबासको व्यवस्था मिलाइएको छ। थाइ सरकारले अन्तर्राष्ट्रिय ट्रान्सफर एप तथा बैङ्किङ प्रणालीलाई सहजीकरण गरेर युक्रेनका पर्यटकलाई सहयोग गर्ने बाटो खोजी गरिरहेको छ।

अहिले युक्रेनीलाई थाई सरकारले ९० दिनको भिसा थपिदिएको छ। तर, त्यहाँ बस्ने अनुमति थाई सरकारले दिए पनि पैसाकै समस्या छ। स्थानीय व्यापारी उनीहरूलाई सहयोग गर्ने उपायको खोजी गरिरहेका छन्।

फुकेटका रेस्टुरेन्ट पहिले भरिभराउ हुन्थे। अहिले खाली छन्। रेस्टुरेन्ट सञ्चालक कत्ति दिन यो अवस्था सहने भनेर चिन्तित छन्। भेरन्डा रेस्टुरेन्टका मेनेजर लीका अनुसार उनका ग्राहक खाएको पैसा पनि तिर्न नसक्ने अवस्थामा छन्। रेस्टुरेन्टका रुसी मालिकले रुसी बैङ्कले दिएको कार्डमार्फत पैसा तिर्न सक्ने विकल्प पनि दिएका छन्।

जाडो महिनामा थाइल्यान्डको बिचमा प्रशस्त रुसी भाषा बोल्ने भेट्न सकिन्थ्यो। काजकिस्तानसहित देशका धेरैजना त्यहाँ आइ पुग्ने गरेका छन्। कोभिड–१९ को समयपछि त्यसमा फरक परेको छ।

पछिल्लो साता रुसी दूतावास र थाई सरकारको बिचमा पनि त्यहाँ रहेका रसियनलाई देश फिर्ता गराउने योजना बनाएको छ।

फुकेट भने फेरि पुरानै दिनको पर्खाइमा छ। पर्यटक आगमनको प्रतीक्षा गरेको छ। युरोपेली राष्ट्रका पर्यटकको बाक्लो उपस्थितिले मात्र फुकेटलाई फेरि पुरानै अवस्थामा लैजान सक्नेछ। दुई वर्षसम्म जोगाएर राखेको पैसा खर्च गर्न फुकेट जान सक्ने सम्भावना पनि प्रबल छ।

संसारमै केही देशको पर्यटकीय व्यवसायमा रुस र युक्रेनको महत्वपूर्ण क्षेत्र ओगटेको छ। रुसी पर्यटक सबैभन्दा धेरै टर्की, चीन र काजकिस्तानमा छन्। यसैगरी, थाइल्यान्ड, यूएई, स्पेन र अजरबैजानको पर्यटन व्यवसायको ठूलो हिस्सा रुसले ओगटेको छ।

फुकेट भने फेरि पुरानै दिनको पर्खाइमा छ। पर्यटक आगमनको प्रतीक्षा गरेको छ। युरोपेली राष्ट्रका पर्यटकको बाक्लो उपस्थितिले मात्र फुकेटलाई फेरि पुरानै अवस्थामा लैजान सक्नेछ।

त्यत्ति मात्र होइन पछिल्लो समय युक्रेन, क्यानडा, युरोपेली युनियन, बेलायत र अमेरिका लगायत संसारका धेरै देशले रुसका एयर लाइन्स तथा रुसी एयरक्राफ्टमाथि प्रतिबन्ध लगाएका छन्। धेरै एयरलाइन्सले रुसको आकाशमाथि उड्न पनि नचाहेर थुप्रै उडान रद्द गरेका छन्।

यसले संसारका धेरै एयरलाइन्स र पर्यटन व्यवसाय नै धरापमा परेका छन्। यी दुवै क्षेत्र लामो समयको कोभिड महामारीको मारमा परेका थिए। यसबाट बाहिर निस्कन प्रयास गरिरहेकै समयमा यिनीहरू आहत भएका हुन्। थाइल्यान्डको जस्तो अवस्था डोमेनीक गणतन्त्रमा पनि छ। १४ हजार ८ सय रुसी तथा ३ हजार युक्रेनी पर्यटक त्यहाँ अलपत्र छन्।

डोमेनीकले मानवीय संवेदना देखाउँदै कतिपयलाई होटेलमा राखेका छन्। कतिपय पैसा सकिएको कारण होटेलबाट निकालिएका छन्। आफ्नो देशका नागरिक सडकमा आएपछि युक्रेनी राजदूतले हारगुहार नै गरेका छन्।

इजिप्टमा रहेका २० हजार युक्रेनी पर्यटक पनि देश फर्कन सकेका छैनन्। उनीहरूलाई सरकाले तीन तारे होटलमा राखेको छ। पर्यटन मन्त्रालयको पैसाले त्यो रकम भरपाई गर्ने इजिप्टको योजना छ। चार तारे या पाँच तारे होटेलमा बस्नेले पनि आफैले खर्च गर्नुपर्ने छ। थाइल्यान्ड, डोमेनिक र इजिप्ट समस्यामा परेका केही देश हुन्। संसारका धेरै देशमा अहिले रुसी र युक्रेनी पर्यटक अलपत्र परेका छन्।

इजिप्टमा रहेका २० हजार युक्रेनी पर्यटक पनि देश फर्कन सकेका छैनन्। उनीहरूलाई सरकाले तीन तारे होटलमा राखेको छ। पर्यटन मन्त्रालयको पैसाले त्यो रकम भरपाई गर्ने इजिप्टको योजना छ।

यस युद्धको समयमा धेरै पीडा देखिएका छन्। बस्तीमा बमवारी भएर परिवार असुरक्षित, आफू परदेशमा पैसा सकिएर सङ्कटमा। सायद यो बेहालबाट युक्रेनीलाई पार गराउने जिम्मेवारी सबैको हो। आफ्नै सरकारको ज्यादतीका कारण अलपत्र परेका रुसी पर्यटकको अवस्था पनि पक्कै सहज छैन। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : २० बजे

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

धरान– धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

 रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर