वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार « Khabarhub

वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुनसम्ममा एक खर्ब चार अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले ३४ अर्ब पाँच करोड बढी अर्थात् एक खर्ब ३८ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ। यो समीक्षा अवधीको तुलनामा ३२.४६ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

समीक्षा अवधिको तुलनामा चालु आवमा सवारी साधान आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ।

समीक्षा अवधिमा २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा २५ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा ३१ अर्ब तीन करोड राजस्व सङ्कलन भएको गुप्ताले जानकारी दिए।

त्यसै गत आवमा ७० अर्ब ८२ करोड मूल्यको इन्धन आयात हुँदा ३९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवको सोही अवधिमा एक खर्ब ३४ अर्ब ४८ करोड मुल्यको इन्धन आयात हुँदा ५४ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा थप सुधार हुने उद्योगी व्यवसायीको भनाइ छ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ७ : ०३ बजे

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने