फाइल फोटो

राजनीति

एमालेले आज चुनावी घोषणापत्रका एजेण्डामाथि छलफल गर्ने

By खबरहब

March 24, 2022

काठमाडौँ– नेकपा एमालेको आज स्थानीय चुनावको घोषणापत्रमा समावेश गरिने विषयहरूमाथि छलफल गर्ने भएको छ ।

काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको घोषणापत्रकेन्द्रित छलफल हुने भएको हो ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए । निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए ।

त्यस्तै, अध्यक्ष केपीशर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ । बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।