लमजुङको चेपाङबस्तीमा बालविवाहसम्बन्धी सचेतना « Khabarhub

लमजुङको चेपाङबस्तीमा बालविवाहसम्बन्धी सचेतना


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिका ११ चिति बरबोटफाँटको चेपाङबस्तीमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सामुदायिक रूपान्तरणका लागि युवा नेपाल (वाईसीटी) नेपालले चेपाङवस्तीमा लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो । 

चेपाङबस्तीका किशोरी सानै उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या रहेकाले उक्त क्षेत्रमा बालविवाहबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वाईसीटी नेपालका अध्यक्ष रुपेश श्रेष्ठले बताए ।

उनले भने संस्थाले कलिलैमा विवाह गर्ने र उमेर नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पार्ने भएकाले गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । 

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आर्थिक समस्या र अशिक्षाका कारण अझै पनि समाजमा उमेर नपुग्दै विवाह गर्ने प्रचलन कायम रहेको बताए ।

कार्यक्रममा जिल्ला अस्पताल लमजुङका शोभा ठकुरीले बालविवाह, बालविवाह गरेमा हुने कानुनी व्यवस्था, जिल्लामा बालविवाहको अवस्था लगायतको बारेमा जानकारी गराएकी थिइन् । 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ९ : २१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग