भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने « Khabarhub

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो । 

मेला सल्लाघारी तीनकुनेमा हुनेछ । 

मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए । उनले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाए ।

मेलामा २०० भन्दाबढी स्टल राखिने आयोजकले जनाएको छ। स्टलको साइजअनुसार कम्तीमा  ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाई समेत स्टल उपलब्ध गराइने छ । 

मेलामा करिब ३ लाख उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : ०१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित