नेटोले पूर्वी युरोपमा थप सेना पठाउने « Khabarhub

नेटोले पूर्वी युरोपमा थप सेना पठाउने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर एटलान्टिक सन्धी संगठन नेटोले पूर्वी युरोपमा थप सैनिक पठाउने भएको छ । नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यस विषयमा सहमति जनाउने बताए ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गको यस्तो भनाइ आएको हो । उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई मध्यनजर राख्दै पूर्वी युरोपमा थप सैनिक परिचालनको आवश्यकता रहेको टिप्पणी गरे ।

सम्मेलनमा बोल्दै स्टोल्टेनबर्गले भने, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नेछन् ।’

यद्यपि रुससँग प्रत्यक्ष लडाईमा संलग्न हुने नेटोको कुनै चाहना नरहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १ : ४५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी